दफा १८
जिल्ला भू तथा जलाधार संरक्षण समितिको परामर्श लिनु पर्ने
जलाधार संरक्षण अधिकृतले दफा ५ बमोजिम संरक्षित जलाधार क्षेत्रभित्रको जग्गालाई वर्गीकरण गर्दा वा दफा ६ को उपदफा (१) बमोजिम त्यस्तो जग्गामा भू–उपयोगिता प्रणाली अपनाई कुनै कार्य गराउँदा निजले जिल्ला भू तथा जलाधार संरक्षण समितिको परामर्श लिनु पर्नेछ ।